७ बैशाख २०८१, शुक्रबार

निगमको वाइडबडीमा चरा ठोक्किए पछी ग्राउन्डेड

nepalairlines a320 airbus

कुवेतबाट काठमाडौं अवतरण गर्ने क्रममा बिहिबार बिहान ८ः३० बजे निगमको एयरबसमा चरा ठोक्किएको छ । ए३३०—२०० नामक ९ एनएलजेड कलसाइनको (मकालु) जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेड भएको हो ।

जहाजमा चरा ठोकिँदा मानीवय क्षति नभएपनि पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालयले जनाएको छ । यो जहाज ग्राउन्डेड भएपछि उडान तालिका केही प्रभावित हुने भएको छ ।

जहाज उत्पादक कम्पनीलाई जानकारी गराएर मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानमा ४ वटा जहाज छन् ।