१६ बैशाख २०८१, आईतवार

बाँसखोलीका जनाताको माग विद्यालय, बाटो, खानेपानी र स्वास्थ्य

sima PHOTO

बाँकेको अति विकट तथा दुर्घम क्षेत्रको रुपमा पहिचान बनाएको बाँसखोली खयरभट्टीका स्थानीयले आफुहरुले राज्यको अनुभूति गर्न नपाएको सोही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभामा निर्वाचति तथा लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी नमुना समक्ष गुनासो गरेका छन् ।

मन्त्रीको सफथ लिएको दोस्रो दिन सो ठाँउ पुगेकी मन्त्री नमुना समक्ष सो गुनासो पोखेका हुन् । ‘हामी २०औ वर्षदेखि यहाँ बस्दै आएका छौ । न त हामी सजिलै वडा कार्यालय पुग्न सक्छौ न त सदरमुकाम नै’–बाँसखोलीका भक्त पुनमगरले भने–‘ यहाँ बाटोघाटो छैन, बाल बच्चा पढाउनको लागि विद्यालय छैन, स्वास्थ्य चौकी छैन समग्रमा भन्दा राज्य नै छैन हाम्रा लागि ।’

उनले पहिले गोठ ल्याउने गरेको अवस्थामा पछि बस्ती नै बस्न लागेको बाँकसखोली खयरभट्टी, चुनभट्टी गरी ८ वटो गाउ बस्ती रहेको सो ठाँउ दक्षिणमा भारतको सीमा र उत्तरमा चुरे पहाड रहेको बताए ।

सोही ठाँउमा बस्दै आएकी सत्तु थारुले आफ्नो जीवन नै यसै ठाँउमा बित्न लागेको बताईन । बैजापुरमा पनि पुरानो घर भएपनि सबै परिवार यतै बस्तै आएको बताईन । उनले भनिन- ‘ हामी महिलाको लागि खानेपानी बोकेरै पुराउन गाहो छ । हाम्रो सुरक्षा पनि छैन । खानेपानीको व्यवस्था मिलाईदिनु परो ।’

उनले जंगलको बीचमा गाउ भएको र दुख्ख विमार पर्दा पनि सदरमुकाम जानको लागि साथी खौज्दा खोज्दै समय बित्ने गरेको बताउदै भनिन- ‘ जंगलको बीचमा बस्ती छ । उत्तरतिर जाँदा बैजापुर पर्छ दक्षिण तिर भारत र पश्चिममा नरैनापुर छ । तर, जता गए पनि जंगलको बीचबाट जानुपर्छ न त बाटो नै छ ।’

माथिका सत्तु थारु भक्त पुनमगर त प्रतिनिधि पात्रमात्र हुन उनीहरु जस्ता बाँसखोलीका करिव ३ सय घरधुरीको एउटै समस्या छ । बाटोघाटो, खानेपानी, विद्यालय र स्वास्थ्य चौकी तथा सुरक्षाको गतिलो प्रबन्ध नभएको सो गाउ साच्चिकै राज्यको निगाहबाट ओझेलमा परेको छ ।

बाँकेको राप्तीसोनारी गाउपालिकाको वडा नंं ४ र १ मा पर्ने सो स्थानका ८ वटा गाउ पुग्नको लागि बाटोघाटोको असुविधा, विद्यालय, खानेपानी, विजुली बत्ति, स्वास्थ्य उपचार र सुरक्षाको लागि राज्यले विषेश चासो दिनुपर्ने उनीहरुको प्रमुख माग रहेका छन् ।

सो ठाँउ पुग्न अगैयाबाट जंगलको गोरेटो बाटो हुँदै चुरे छिचोलेर जानु पर्ने महिला बालबालिका सुरक्षित हुन नसक्ने भएकोले राज्यले सामान्य आधरभूत आवश्यकता पुरा गर्नतर्फ ध्यान पुग्न नसकेको गुनासो आएपछि आफु सपथ लिएर स्थलगत अवस्था बुझ्न आईपुगेको लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी नमूनाले बताईन ।

सो क्षेत्रका जनताको गुनासो सुनेपछि मन्त्री नमूनाले निश्चय नै राज्यले सो क्षेत्रका जनाको निम्नतम आवश्यता पुरा गर्न नसकेपनि राज्य सरकार संघिय सरकार र स्थानीय तहबाट उनीहरुको मागको सुनुवाई गर्न सुरु गर्ने र यसैबर्षदेखि यसको नतिजा पनि देख्न पाईने प्रतिबद्धता व्यक्त गर्दै भनिन–‘ अव तपाईहरुको दुख्का दिन क्रमिक रुपले हराउदै जानेछन । राज्यले तपाईहरुलाई न्युनतम आधारभूत तहका सेवा पुरा गर्ने बाताबरण बनाउने छ ।’

गोठबाट बस्तीमा परिणत भएको सो क्षेत्र चुरेको फेदमा रहेको जंगलले घेरीएको अवस्थामा रहेको छ । भारतीय पक्षबाट निरन्तरको सीमा अतिक्रमण हुनेक्रम बस्तीकै कारणले रोकिएको छ ।

    सम्बन्धित समाचार...