७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलि सत्याग्रहमा बसेका युवाहरुलाई भेट्न ह्याम्स अस्पताल पुगे

hams pm enough is enough

कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लगाउँदै गत शुक्रवारदेखि सत्याग्रहमा बसेका सत्याग्रही युवाहरुलाई भेट्न प्रधानमन्त्री ओलि ह्याम्स अस्पताल पुगेका छन ।

उनीहरुले कोरोना परीक्षणमा पीसीआर लागू गर्न, आरडीटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकार समक्ष माग गरेका छन्।

सत्याग्रही युवाहरु पाटनको कृष्ण मन्दिर अगाडी रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका हुन । सामाजिक संजालमा “इनफ इज इनफ” नाममा सक्रिय रहेका युवाहरुको समूहले सरकारको कदम प्रभावकारी बनाउन दवाब दिने उद्देश्यले सत्याग्रहमा बसेका हुन ।

सत्याग्रहमा बसेका ई: को स्वास्थ स्थिती बिग्रीदै गएपछी उनलाई अस्पताल लागिएको हो । यसअघि, सँगै अनसना बसेकी सुभानी सिजापति र सुदन गुरुङलाई समेत अस्पताल लगिएको थियो।

प्रधानमन्त्रीले सत्याग्रही युवाहरु पुकार र ई: संग कुरा गर्नु भएको इनफ इज इनफले जनाएको छ ।