८ बैशाख २०८१, शनिबार

काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिए, संक्रमित सङ्ख्या १४,५१९

corona 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार बिहिबार नेपालमा ४७३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ३६४ पुरुष र १०९ जना महिला रहेका छन ।

थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १४,५१९ पुगेको छ । त्यसमध्ये १२,६३६ पुरुष र १,८८३ जना महिला रहेका छन ।

काठमाडौंका १७ पुरुष, ११ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमण मुक्त भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५,३२० जना पुगेको छ ।