२४ बैशाख २०८१, सोमबार

किन चर्चामा छ अनमोल र दीपक मनाङेको भेट ?

anmol kc and dipak managne

नायक अनमोल केसी र नायिका जसिता गुरुङ अभिनित फिल्म ‘फर्की फर्की’को हाल पोखरामा छायांकन भइरहेको छ ।

छायांकन भइरहेकै स्थानमा गरएर गण्डकी प्रदेशका सांसद् तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले ‘फर्की फर्की’का नयाक अनमोलसाग भेट बार्ता गरेका छन् ।

शनिबार छायांकनकै क्रममा भएको उक्त भेटमा मनाङे र अनमोलबीच फिल्मकै विषयमा कुराकानी र रमाइलो गफगाफ समेत भएको बुझिएको छ । दुवै एकअर्काप्रति अवगत रहेका उनीहरुको यो पहिलो भेटघाट हो । उनीहरुको यो भेटघाटलाई फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर तथा भिडियो सेयर गरेर जानकारी गराएका छन् ।

उसो त दीपक मनाङे पछिल्लो समय फिल्म निर्माणमा सक्रिय हुदै आएका छन् । उनको प्रस्तुतिमा केही दिन अघि नयाँ फिल्म ‘कङ्गारु’ घोषणा भएको छ । दीपकको अनमोलसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हाललाई कुनै पनि सहकार्यको सम्भावना नरहे पनि निकट भविस्यमा सहकार्य हुन सक्ने बुझिएको छ ।

फिल्म ‘फर्की फर्की’को छायांकन दुई सातादेखि पोखरामा भइरहेको छ । यो फिल्मलाई पोखरामा २५ दिने खिच्ने सेड्यूल छ । फिल्मलाई पोखरा पछि मुस्ताङ, अन्नपूर्ण बेस क्याम्प, काठमाडौं र इन्डोनेसियाको बालीमा छायांकन हुनेछ । यसमा अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक काम गरिरहेका छन् ।

सुयोग गुरुङले निर्देशन गरिरहेको फिल्म ‘फर्की फर्की’को निर्माता रोहित अधिकारी र ओम अग्रवाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

फिल्म आउँदो बर्षको जेठ ११ गतेबाट रिलिज हुने बताइएको छ ।

    सम्बन्धित समाचार...