
नायिका साम्राज्ञीले सामाजिक संजाल ईन्टाग्राममार्फत ३ वटा नेपाली फिल्ममा काम गर्दा दुर्ब्यबहारमा परेको बताएसँगै नायक भुवन केसी र साम्राज्ञी बिच समाजिक सन्जालमा जुहारी नै चलेको छ ।
साम्राज्ञीको स्टेटस पछी भुवन केसीले लेखेका थिए, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ? सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’
साम्राज्ञीको अर्को भिडियोमा भुवन केसीको चरित्रमाथि समेत आरोप लाउँदै भिडियो सार्वजनिक गरेपछी भुवन र साम्राज्ञी बीचको विवाद झन् बल्झिदै गएको छ ।
आजै भुवन केसीले साम्राज्ञीकै लागी भनेर फेसबुकमा स्टेटस राख्दै लेख्छन “मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेस्बूक या अन्य कुनै पनि सामाजिक सन्जाल् मा पोस्ट नगर्न, हुन सुचित गर्दछु !” उनले यदी साम्राज्ञीले फेरी पनि एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा प्रचलित साइबर् कानुन र मानहानी सम्वन्धी कानुन को प्रयोग गर्ने उल्लेख गरेका छन ।
