१७ बैशाख २०८१, सोमबार

उत्तराखण्डमा सुरुङमा फसेका कामदारको अझै उद्धार हुन सकेन

b332bda5ae43a3047cef0900310f34fe

भारतको उत्तराखण्डको उत्तरकाशीस्थित सुरङमा फसेका ४१ मजदुरको अझै उद्धार हुन सकेको छैन ।

नोभेम्बर १२ मा सुरुङ भित्रको एक भाग खस्दा भित्रै फसेका कामदारको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ । यसक्रममा सुरुङ खोल्न प्रयोग गरिएको ड्रिलिङ मेसिन बिग्रिएपछि उद्धार कार्य प्रभावित भएको छ । कडा चट्टान र धातु भेटिएपछि मेसिनले काम गर्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार एजेन्सी एएनआईकाअनुसार रोकिएको उद्धार कार्यलाई अगाडि बढाउन प्लाज्मा मेसिनको प्रयोग गरिने भएको छ ।

बिग्रिएको मेसिनको भाग निकाल्न प्लाज्मा मेसिनले काट्न तयारी भइरहेको छ । यसले स्टिलाई तीव्र रुपमा कटान गर्ने जनाइएको छ । यद्यपि, प्लाज्मा मेसिन सुरुङ नजिक पुगेका वा नपुगेको बारे बताइएको छैन । स्विस सुरुङविज्ञ आर्नोल्ड डिक्सले फसेका कामदारहरुमा पहुँच पु¥याउन धेरै तरिकाबारे सुझाव दिएका छन् ।

गत नोभेम्बर १२ मा साढे चार किलोमटिर सुरुङ भत्किएको थियो । त्यसपछि फसेका कामदारहरुसँग दुईवटा पाइप जडान गरी सम्पर्क स्थापित भएको थियो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले कामदारहरुमा उच्च मनोबल र धैर्यता रहेको जानकारी दिएका छन् ।

सुरुङ बाहिर एम्बुलेन्स आपतकालीन सेवाको लागि तयारी अवस्थामा छन् । अधिकारीहरुले उद्धार कार्यपछि नजिकै अस्पतालमा छिटोभन्दा छिटो उपचारको लागि लाने पनि तयारी गरेका छन् ।

    सम्बन्धित समाचार...