२३ बैशाख २०८१, आईतवार

हिरो बन्न ‘चित्रा’मा लगानी गरेको होइन: सन्तोष अधिकारी

399424199 1066236838113941 8651112876024789346 n

फिल्म ‘चित्रा’ आगामी पौष २७ गते रिलिज हुँदै छ । यसको प्रमुख भूमिकामा सन्तोष अधिकारी छन् ।

‘घर’, ‘आमा’लगायतका फिल्ममा निर्माताको भूमिकामा काम सक्रिय रहँदै आएका सन्तोष अब दर्शकमाझ नायकका रूपमा प्रस्तुत हुँदै छन् । अरू फिल्ममा निर्माता बनेका सन्तोषले आफू नायक बन्न चित्रामा लगानी नगरेको बताएका छन् ।

सन्तोष भन्छन्, ‘मैले सुरुवातमा फिल्म क्षेत्रमा आउँदा युकेबाट फर्किएपछि अस्याप इन्टरटेन्मेन्ट दर्ता गरेको हुँ । कम्पनी दर्ता गरेपछि केही इभेन्टहरूसँगै केही म्युजिक भिडियो गर्दै गए । बिस्तारै जति पनि म्युजिक भिडियोहरू गरे त्यो मेरोलागि प्रशिक्षण थिए । आफ्नै लागि क्यामेराको यंगल, फेस फ्रन्ट, क्यारेक्टर के कतिको सुहाउँछ भन्ने कुरा सिक्ने अवसर पाएँ । ती मेरोलागि तयारी स्वरूप थिए । त्यसो त कुनै पनि कम्पनी चलाएको व्यक्तिले अभिनय गर्नुहुँदै हुँदैन भन्ने हुँदैन । त्यसकालागि त मैले मेरो कम्पनीको लागि हरेक डिर्पाटको लागि छुटा छुटै व्यक्तिहरू राखेको छु ।’

371470391 342323951735514 2567349823134750950 n

उनी अघि थप्छन्, ‘यहाँ त अरुकै लगानी छ । उहाँहरूले कुनै न कुनै तवरले पैसा लगानी गर्नु भएको छ । तर मैले कसैको निमार्ण कम्पनीमा गएर मेरो पैसा यति छ त्यो तपाइँहरुलाई दिन्छु कृपया हजुरको फिल्ममा मलाई रोल दिनु भनेर काम गरेको छैन । हो त्यसलाई चाहिँ पैसा हालेर फिल्म खेलेको भनिन्छ । जुन तपाईँहरूले मेरो विगत हेर्नु भएको छ भने थाहा पाउनु हुन्छ । घर, आमा, तीन जन्तु लगायत फिल्म बनाएको छु । ती फिल्ममा मरो कुनै पनि रोल देख्नु भएको छ । मैले जुन हिसाबले लगानी गरे भने पेशा अनुरूप अस्याप इन्टरटेन्मेन्टबाट त्यहाँ गरेर निर्माता भएको हुँ । अब अभिनय मार्फत आउँदै छु । सबैको माया पाउनेमा विश्वस्त छु ।’

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रूपमा उठान गरेको छ । एक्सन, ड्रामा र सामाजिक कथामा आधारित रहेको यस फिल्मले हरेक घरको कथा रहेको निर्माण पक्षको दाबी छ ।

चित्रामा सन्तोषसँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल लगायतका कलाकारको अभिनय छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यस फिल्ममा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् ।

चित्राको एक गीत “नगर है तानातान नजरैको हानाहान” केही दिन अघि सार्वजनिक भइसकेको छ । महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह रहेका छन् ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुली श्री कृष्ण फिल्म्सले लिएका छन् । फिल्मको अस्ट्रेलियाको अधिकार अविनाश रोका मगरले लिएका छन् ।

387463699 287738330335454 3618478191353639923 n

    सम्बन्धित समाचार...