१५ बैशाख २०८१, शनिबार

भारतसँग श्रीलंका ३०२ रनले पराजित

a 1

आईसीसी क्रिकेट विश्वकपमा भारतसँग श्रीलंका ३०२ रनले पराजित भएको छ । यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।

मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि घरेलु टोली भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो । ओपनर रोहित शर्मा ४ रनमै मधुशंकाको शिकार भए । तर त्यसपछि शुभमन गिल र विराट कोहलीले १८९ रनको साझेदारी गरे । गिलले ९२ र कोहली ८८ रन बनाएर आउट भए। तेस्रो नम्बरमा मैदान आएका श्रेयस अयरले पनि ८२ रनको योगदान दिए । केएल राहुलले २१ रन बनाए ।

श्रीलंकाका दिलशान मधुशंका एक्लैले ५ विकेट लिए । देशमुख चमिराको नाममा १ विकेट रह्यो ।

जवाफमा श्रीलंकाले खराब प्रदर्शन गर्‍यो । उसले ३ रनमै ४ विकेट गुमायो । पाथुम निशान्का, दिमुथ करुणारत्ने, दुशन हेमन्था, दुशमन्था चमिरा र सादिरा मसराविक्रमा शून्यमै पवेलियन फर्किए । कप्तान कुशल मेन्डी र चरिथा आशल‌ंकाले १-१ रन बनाए । कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदा ५५ रन मात्र बनाउन सफल भयो ।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिँदा मोहम्मद शिरजले ३ विकेट लिए ।

    सम्बन्धित समाचार...