१५ बैशाख २०८१, शनिबार

सोमपालले दिलाए ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता

398011156 740628451426871 2724775506880365859 n e1698896338243

आइसीसी टी २० विश्वकप छनोट क्रिकेटमा नेपालले ओमानविरुद्ध दोस्रो सफलता हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ओमानका २ जना खेलाडीलाई पभेलियन पठाएको हो । पहिलो विकेट करण केसीले लिएका थिए भने पछिल्लो विकेट सोमपाल कामीको नाममा रहेको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै सफलता हासिल गरेको थियो ।

नेपालका करण केसीले पहिलो सफलता दिलाएका हुन् । पहिलो ओभरको पाँचौं बलमा करणले कश्यक प्रजापतिलाई विकेटकिपर आशिफ शेफबाट क्याच आउट गराए । प्रजापतिले ५ बल फेस गर्दा २ चौकाको मद्दतले ८ रन बनाएका थिए ।

दोस्रो विकेटको रुपमा सोमपाल कामीले ओमानका अकिव इलियासलाई आउट गरे । उनी २ रन बनाएका बेला सोमपालको बलमा बोल्ड भएका हुन् ।

    सम्बन्धित समाचार...