आइसीसी टी २० विश्कप छनोट अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा ओमानसँग खेलिरहेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै सफलता हासिल गरेको छ ।
नेपालका करण केसीले पहिलो सफलता दिलाएका हुन् । पहिलो ओभरको पाँचौं बलमा करणले कश्यक प्रजापतिलाई विकेटकिपर आशिफ शेफबाट क्याच आउट गराए ।
प्रजापतिले ५ बल फेस गर्दा २ चौकाको मद्दतले ८ रन बनाएका थिए ।