१६ बैशाख २०८१, आईतवार

प्रिन्सिपल हत्याका पाँच आरोपी सार्वजनिक

a e1698895494482

बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार ‘गुड्डु’को हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरिएको छ ।

प्रधानाध्यापक स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी राधा गुप्तासहित पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न कलैया उपमहानगरपालिका-६ का ३४ वर्षीय जमिल अख्तर र वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारीलाई सार्वजनिक गरिएको छ । यसैगरी हत्यामा संलग्न सुटर भारत बिहार मोतीहारीका २३ वर्षीय चन्दन कुमार र मोतीहारीकै २३ वर्षीय अभिनवकुमार राजपूतलाई पनि प्रहरीले गरेको छ ।

‘यो हत्यामा भारतीय प्रोफेसनल सुटरहरुको प्रयोग भएको छ । यसमा गुड्डुकै स्कुलमा लेखापाल पदमा कार्यरत साथी र उनका प्रेमीको संयुक्त योजनामा यो घटना भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय प्रमुख सुरेशप्रसाद काफ्ले भने, ‘यो घटनामा आठ जना व्यक्ति संलग्न भएको देखिन्छ । जसमध्ये अहिले हामीले राधाबाहेक चार जना व्यक्तिलाई पक्राउ गरेका छौँ । त्यसमा सोही स्कुलमा कार्यरत शिक्षकदेखि दुई भारतीयलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अवस्था छ ।’

हालसम्मको अनुसन्धानमा विवाहेत्तर प्रेम सम्बन्धका कारण प्रधानाध्यापक स्वर्णकारको हत्या भएको खुलेको काफ्लेले जानकारी दिए । हत्याको मुख्य योजनाकार तथा सूचना आदानप्रदान गर्ने कलैया उपमहानगरपालिका-६ मदरसा टोल बस्ने २२ वर्षीया राधा गुप्तालाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि उक्त रहस्य खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी राधा गुप्ता विगत तीन वर्षदेखि अर्का प्रेमी भारत बस्ने मनोज गुप्तासँग प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र रुपेश स्वर्णकारबीच विवाद हुँदै आएको थियो । विवादले उग्र रुपलिएपछि राधाले अर्का प्रेमी मनोजसंग मिलेर स्वर्णकारको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको छ । हत्यामा अरुको पनि संलग्नता देखिएकाले अनुसन्धान कार्य जारी रहेको बारा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख काफ्लेले भने, ‘राधा गुप्ताको सम्बन्ध मनोज गुप्तासँग पनि भएकाले यो घटना भएको देखिन्छ । मृतक गुड्डुसँग पटकपटक वादविवाद र झैझगडा भएको देखिन्छ । विवादले उग्ररुप लिँदा बिचबिचमा झैझगडा पनि भएको देखिन्छ । सोही विषयलाई लिएर राधा र मनोजले भारतीय सुटरहरु प्रयोग गरेर हत्या गरेको देखिन्छ ।’

विशुद्ध व्यक्तिगत रिसइबीको कारण यो घटना भएको र यसअघि पनि हत्याको प्रयास भएको तर त्यसबेला असफल भएको प्रहरीले जनाएको छ ।

1317783998pradhan

    सम्बन्धित समाचार...