२१ बैशाख २०८२, आईतवार

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया छनोट : नेपाल- ओमानबीच प्रतिस्पर्धा हुँदै, नेपालले टस जित्यो

398155829 740993664723683 7164676791730904281 n

आइसीसी टी २० विश्वकप एसिया छनोटको समूह चरणमा नेपालले आज ओमानसँग खेल्दै छ । नेपाल र ओमानबीचको खेल विहान ९ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेको छ ।

समूह ए बाट नेपाल र ओमान दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । आजको खेलको नतिजाले विजेताको टुंगो लाग्ने छ । नेपाल लगातार खेल जित्दै समूह विजेताको हैसियतमा सेमिफाइनल खेल्ने लक्ष्यमा रहेको छ ।

टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । यस्तै समूह बी अन्तर्गत आजै मूलपानी मैदानमा हङकङ र युएईबीच प्रतिस्पर्धा हुने छ । युएई समूह बीमा दुवै खेल जित्दै सेमिफाइनलमा नजिक रहेको छ भने हङकङ पनि फराकिलो अन्तरले विजयी हुँदा सेमिफाइनल पुग्ने सम्भावना बन्ने छ ।

यही समूहको अर्को खेलमा दिउँसो साढे १ बजे बहराइन र कुवेत भिड्ने छन् । कुवेत प्रतियोगिताबाट बाहिर भइसकेको छ भने बहराइनले जित निकालेमा उसको पनि सेमिफाइनल समिकरण बन्न सक्छ । अहिले बहराइन दोस्रो स्थानमा रहेको छ ।

यता त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १ बजे मलेसिया र सिंगापुर भिड्ने छन् । यो खेलको नतिजाले समूह एमा कुनै प्रभाव पार्ने छैन ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

    सम्बन्धित समाचार...