१७ बैशाख २०८१, सोमबार

शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसार-पसार गर्ने दुई जना पक्राउ

Gaghu Ausadh 768x338 1

प्रहरीले शरीरमा लागूऔषध फ्रिजिङ गरी ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौडण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय सुमन तामाङ र सोही ठाउँका मुकेश राई रहेका छन् ।

उनीहरुलाई बेलका नगरपालिकाको आम्बासीस्थित अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले मुकेशको साथबाट लेबल बिनाको ५ एम्पुल र सुमन तामाङको साथबाट लेबल बिनाको ३ एम्पुल लागूऔषध बरामद गरेको थियो ।

उनीहरुमाथि जिल्ला अदालत उदयपुरबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...