१४ बैशाख २०८१, शुक्रबार

दुवै संसद अधिवेशन आज अपरान्ह ५ बजेबाट अन्त्य

president bidhya devi bhandari
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्यका लागि पठाएको पत्र संसद् सचिवालय पुगे संगै विहीबार अपरान्ह ५ बजेबाट दुवै सदनको चालू अधिवेशन अन्त्य हुने भएको छ ।

उनले आज मन्त्रिपरिषदको बैठकले गरेको सिफारिस सँगै दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/३/१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन २०७७ असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।’ भनिएको छ ।