२३ बैशाख २०८१, आईतवार

 ‘महाजात्रा’को शुभमुहूर्त, चैत ९ बाट रिलिज हुने

mahajatra

‘जात्रा र जात्रै जात्रा’ सुपरहिट भएपछि निर्देशक प्रदीप भट्टराइले यसको तेश्रो सिक्वेल ‘महाजात्रा’को छायांकन सुरु गरेका छन् । यो फिल्मको आजबाट काठमाडौंको बुढानिलकणमा छायांकन सुरु गरिएको छ । छायांकन हुनु अगाडि फिल्मको शुभसाइत समारोह आयोजना गरिएको थियो । षट्कोण आर्टस्ले निर्माण गर्न लागेको फिल्मको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको हो । विश्व शान्तीको कामना गर्दै बौद्ध गुरुहरुले अग्नीमा हवन गर्दै पूजा गरेका थिए ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्ममा म्याक्स दिपेश खत्री र यज्ञस्वर पौडेलको लगानी छ ।

यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, शिशिर वाङ्देल, अर्जुनजंग शाही, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेनछ ।

फिल्मको शुभसाइत समारोहमा कलाकार हरिवंश आचार्यले भने–‘एउटा हिट फिल्म र त्यसको टिमसँग जहिले पनि काम गर्ने चाहना हुन्छ । यसपटक, प्रदीप भाइले कथा सुनाएपछि म उत्साहित भएँ । पक्कै पनि दर्शकलाई फिल्म विशेष लाग्नेछ भन्ने आशा छ ।’

निर्देशक प्रदिप भट्टराइले यस अगाडिका २ सिक्वेलमा कमजोरी भएका कुरालाई समेत सुुधार्दै आफूहरुले यसपटक फिल्म बनाउन लागेको बताए । उनले भने–‘फिल्मले सिंगो देशको कथालाई नै प्रतिनिधित्व गर्दै रमाइलो तरिकाले कथा भन्नेछ । दर्शकलाई यसपटक फिल्म अझ विशेष लाग्नेछ भन्ने आशा छ ।’

यो फिल्म चैत्रको ९ गतेबाट रिलिज हुने पक्का गरिएको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा समेत गरिएको छ ।

यो फिल्मको छायांकन काठमाडौं र जनकपुरमा हुनेछ । फिल्मलाई ४५ दिन लगाएर खिच्ने तयारी निर्माणपक्षले गरेको छ । आज पहिलो दिन बुढानिलकण्ठको सेटमा नायक विपिन कार्कीको दृश्य खिचिनेछ ।

    सम्बन्धित समाचार...