१५ बैशाख २०८१, शनिबार

आइसीसी टी–२०: बहराइनलाई पाँच विकेटले पराजित गर्दै युएईको विजयी सुरुवात

uae vs baharain

आइसीसी टी–२० विश्वकप छनोटको एसियाको खेलमा युएईले विजयी सुरुवात गरेको छ । सोमबार मुलपानीमा भएको समुह बि को पहिलो खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

बराइनले दिएको १३६ रनको लक्ष्य युएईले पाँच विकेट गुमाउँदै बल बाँकी छँदै भेट्टाएको हो । युएईका लागि अलि नासरले सर्वाधिक ४८ रन बनाए । उनले २७ बलमा चार चौका र तीन् छक्का प्रहार गर्दै अविजित ४४ रन बनाए । त्यस्तै आशिफ खानले २३ रनको योगदान गर्दा कप्तान मोहम्मद वसिमले १२ रनको योगदान गरे । बसिल अहम्मद ११ रनमा अविजित रहे । युएईका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बहराइनका लागि रिजवान बटले दुई तथा साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
बहराइनका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । बहराइनका लागि सर्वाधिक रन हैदर बटले बनाएका छन् । उनले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५९ रन बनाए । त्यस्तै जुनेद अजिजले २५ तथा सोहिल अहम्मदले २८ रन जोडे । बहराइनका दुई खेलाडीले खाता नै खोल्न सकेनन् भने दुई खेलाडीले समान ६–६ रनको योगदान गरे ।

युएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान दुई दुई विकेट लिँदा अलि नासिर र कार्तिक मैइएप्पनले समान एक एक विकेट लिएका थिए ।

नेपालसहित ८ राष्ट्रले यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । दुई समूहबाट दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने फाइनल पुग्ने दुई टोली अर्को बर्ष वेस्टइन्डिजमा आयोजना हुने टी २० विश्वकपमा लागि स्थान बनाउने छन् ।

नेपालको समूहमा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । यस्तै अर्को समूहमा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।

    सम्बन्धित समाचार...