१५ बैशाख २०८१, शनिबार

आगामी निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने रविको उद्घोष

Rabi Lamichhane
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् ।

आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको वृहत भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि जित्न नदिने उद्घोष गरेका हुन् ।

‘आउने चुनावमा कुनै दललाई एक सिट पनि जित्न दिँदैनौं । ‘हाम्रो आँखैअगाडि नयाँ दलका रुपमा २१ जना सांसद सदनमा आएका छन् । स्थानीय तहमा एक से एक होनहार मानिस आएका छन्,’– उनले भने ।

सरकारमा रहेका दलहरुले संविधान दिवसकै दिन मान्छे काट्नेलाई आममाफी दिएर के गर्न सक्छौं? भनेर ठाडो चुनौति दिएको उनले बताए ।

सरकारमा रहेका दलहरुले भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेको उनको आरोप छ । सरकारले गरेको नराम्रा कामविरुद्ध चर्को आवाजमा विरोध गर्न सुझाव आएको उल्लेख गर्दै उनले अब दवाब दिने नभएर ०८४ सालमा एकै पटक सबै दललाई बाईबाई गर्ने तयारी रहेको बताए ।

    सम्बन्धित समाचार...