२० बैशाख २०८१, बिहीबार

इजरायलबाट स्वदेश फर्किइन् साम्बा

Samba return

नेपाली राष्ट्रिय फुटबल टोलीको फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन्। इजरायलमा व्यवसायिक फुटबल खेल्दै आएकी उनी बुधबार स्वदेश फर्किएकी हुन्।

प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन्। इजरायलबाट मंगलबार राति उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुगेकी हुन्। साम्बा रहने क्षेत्र रानानामा तुलानात्मक रुपमा शान्त भए पनि फुटबलका सबै गतिविधि स्थगित भएका छन्।

साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन्। चीनमा भएको १९ औं एसियाली खेलकुद एसियाडमा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन्।

युइएफएले विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने जानकारी गराएको थियो।

    सम्बन्धित समाचार...