१६ बैशाख २०८१, आईतवार

सामाजिक सञ्जालमा प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ

lo

प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ल रहेकी छन् । उनले सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारेर लाखौँ रकम ठगि गरेको आरोप लागेको छ ।

मल्लले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई आफू इटालीको नागरिक डा राबेया हिकोल भन्ने विश्वास दिलाइ माया प्रेममा परेको भ्रममा पार्थिन् । त्यसपछि आईफोन, सुन तथा गरगहना, ५ हजार डलरको गिफ्ट पठाइदिन्छु भन्ने गरेको प्रहरीले जानाएको छ ।

गिफ्ट पठाएपछि भने विभिन्न नम्बरका ह्वाट्स एप आईडीबाट च्याट र कल गरी डा राबेयाले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी विमानस्थलमा आइपुगेको छ । तपाईंले पार्सल पाउनका लागि भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनका लागि रकम तिर्नुपर्छ भनी पीडितलाई विश्वास दिलाउँथिन् । यता पीडितले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पटक–पटक जम्मा गर्थे । यसरी उनले हालसम्म १७ लाख १५ हजार रुपैयाँ ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ ।

मल्ललाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको रेग्मीले जानकारी दिए ।

    सम्बन्धित समाचार...