१७ बैशाख २०८१, सोमबार

काठमाडौंमा बिहानैदेखि झरी, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

WEATHER rain

काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली भई हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि (मंगलबार) सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।

बुधबार दिउँसो र रातिसमेत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    सम्बन्धित समाचार...