१३ बैशाख २०८१, बिहीबार

लकडाउन लम्बिएपछि ट्याक्सी व्यवसायीको प्रदर्शन, प्रदर्शनमा निस्किएका ट्याक्सी नियन्त्रणमा

taxi protest covid 19 1

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप गरेपछी आज बिहानै ट्याक्सी व्यवसायीले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन ।

प्रदर्शनका क्रममा व्यवसायीहरु सडक किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी रहेको जानकारी दिएका छन् ।

ट्याक्सी व्यवसायीले आफ्ना सवारी साधन पनि जोर बिजोर प्रणाली अन्तर्गत सन्चालन गर्न पाउनु पर्ने माग राखेका छन ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, ‘घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड र पर्चा बोकेर प्रदर्शन गरेका छन् ।

taxi protest covid

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाए अनुसार उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिईएको हो ।

नियम उल्लङ्घन गरेको हुनाले प्रदर्शनमा आएका ट्याक्सीलाई होल्ड गरिएको भएपनी साँझ ती ट्याक्सीहरुलाई छाडिने जनाइएको छ ।