८ बैशाख २०८१, शनिबार

काठमाडौं, भक्तपुर र ललितपुर गरी १४ संक्रमित थपिए, काठमाडौं उपत्यका भरिमा काठमाडौंमा सबैभन्दा धेरै संक्रमित

corona 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा अनुसार मंगलबार नेपालमा ३१६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य २४५ पुरुष र ७१ जना महिला रहेका छन ।

थपिएका मध्ये काठमाडौंका ७ पुरुष र ५ महिला रहेका छन । त्यसैगरि ललितपुरमा १ पुरुष र भक्तपुरमा थप एक महिला संक्रमण देखिएको छ ।

थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या १३,५६४ पुगेको छ । त्यसमध्ये ११,९०७ पुरुष र १,६५७ जना महिला रहेका छन ।

त्यस्तै कोरोना संक्रमण निको भई ६० जना डिस्चार्ज भएका छन । निको हुनेमा ९ महिला र ५१ पुरुष रहेका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या ३१९४ जना पुगेको छ जसमा २७७ महिला र २९१७ पुरुष रहेका छन ।

पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो।