२७ बैशाख २०८१, बिहीबार

दाय र मिरुनाको जोडी ह्याट्रिक दौडमा, ‘नाङ्गो गाउँ’को व्यापार ३ करोड ३५ लाख

daya miruna e1695357992698

भदौको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले बुधबारसम्मको व्यापारिक आँकडा सार्वजनिक गर्दै फिल्मले ३ करोड ३५ लाख ग्रस कलेक्शन गरेको उल्लेख गरेको छ ।

फिल्मले क्रमशः शुक्रबार ७० लाख, शनिबार ९० लाख, आइतबार र सोमबार ९० लाख, मंगलबार र बुधबार ८५ लाखको ग्रस कलेक्शन गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । नेपाली फिल्मले हलमा दर्शक तान्न नसकिरहेको समयमा ‘नाङ्गो गाउँ’ले भने हलमा दर्शकलाई आकर्षित गरिरहेको छ । फिल्मको यो व्यापारले अब निर्माता मुनाफाको बाटोमा लागेको देखिन्छ । हलमा बलिउड फिल्म ‘जवान’को दबदबा कायम रहनु, अर्को नेपाली फिल्म ‘एक भागवत् र एक गीता’सँग स्क्रिन शेयर गर्नु लगायतका वाध्यताका बिच पनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले सुखद कमाई गरेको हो ।

चलचित्र विकास बोर्डको सर्भरमा प्राप्त भएको रेकर्ड अनुसार यो फिल्मको ६ दिनको व्यापार २ करोड ५४ लाख भएको देखिन्छ । तर, वितरक रोहितले विकास बोर्डको सर्भरमा सबै हलको बक्स अफिस नजोडिएकाले व्यापारमा फरक देखिएको हो । उनले, एक सातामा फिल्मले साढे ३ करोडको कमाई गर्ने पनि बताए ।

यो फिल्मको व्यापार विशेषगरि, काठमाडौ, पोखरा, झापा, चितवन, बुटवल र इटहरीमा बलियो छ । यसअघि, खासै दर्शक तान्न नसकेका हलमा समेत यसपटक यो फिल्मले दर्शक तानेको निर्माणपक्षले दाबी गरेको छ ।

हिमाल कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

    सम्बन्धित समाचार...