Close Me
१२ माघ २०८१, शनिबार

सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

Sun life

असोज २ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै नेप्सेको अर्को कारोबार दिन बिहीबार कम्पनी सेयर दोस्रो बजारमा कारोबार सुरु गर्न सकिने भएको छ ।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

सन् नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको २ करोड २४ लाख कित्ता संस्थापक सेयर हो ।

कम्पनीले ३२ साउनदेखि ४ भदौसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रिमियम सहित कुल २३९ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गरेको थियो ।

इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिनेछ। अर्थात इन्स्योरेन्सको शेयर असोज ४ गते बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। इन्स्योरेन्सको आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ।

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यसै रेञ्जका आधारमा इन्स्योरेन्सको पहिलो कारोबार हुनेछ। नेप्सेले इन्स्योरेन्सलाई एसएनएलआई स्टक टिकर प्रदान गरेको छ।

    सम्बन्धित समाचार...