Close Me
२९ माघ २०८१, मंगलवार

संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जनाको कैद सजाय माफी

Ramchandra
फाइल फोटो

संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० कैदीको सजाय मिनाहा गरेका छन् ।

मन्त्रिपरिषद्‌को भदौ २९ गतेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले कैदीहरुको कैद मिनाहा गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गर्दै असोज ३ गतेदेखि लागु हुने गरी कैदीको कैद मिनाह गरेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन् ।

राष्ट्रपति पौडेलले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेका हुन् । ‘भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बूसमेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत जम्मा तीनजना गरी कुल जम्मा ६७० कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने मन्त्रिपरिषद्को मिति २०८०/०५/२९ को बैठकको सिफारिसबमोजिम मिति २०८०/०६/०३ गतेदेखि लागु हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।KaidMenaha 1695129452