६ जेष्ठ २०८१, आईतवार

नवौं संविधान दिवसः पहिलोपटक कार्यवाहक प्रधानमन्त्रीबाट सम्बोधन हुने

Purna badhur khadka
फाइल फोटो

सरकारले भोलि नवौं संविधान दिवस मनाउने तयारी गरिरहेको छ । यसअघिनै संविधान दिवस मूल आयोजक समितिको बैठक बसेर तीन दिनसम्म भव्यरुपमा संविधान दिवस मनाउने निर्णय गरेको थियो ।

तर, यसपटकको संविधान दिवसलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिक गएपछि उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीसँगै कार्यवाहक प्रधानमन्त्रीको पनि जिम्मेवारी पाएका खड्काले सम्बोधन गर्ने भएका हुन् ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछिको सबै संविधान दिवसलाई प्रधानमन्त्रीले नै सम्बोधन गर्ने गरेका थिए । नयाँ संविधान जारीपछिको इतिहासमै पहिलोपटक कार्यवाहक प्रधानमन्त्रीबाट सम्बोधन हुन लागेको हो ।

अमेरिकाबाट सीधै चीन भ्रमणमा जाने हुँदा प्रधानमन्त्री प्रचण्ड असोज १३ गतेमात्रै नेपाल फर्किँदैछन् ।

    सम्बन्धित समाचार...