२६ बैशाख २०८१, बुधबार

भारतीय कूटनीतिज्ञलाई क्यानडाले देश निकाला गर्‍यो

canada

क्यानडा सरकारले एक शिख नेताको हत्याको विषयलाई लिएर भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

क्यानडाको विदेश मन्त्रालयले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको हो । क्यानडाको अनुशन्धान निकायले शिख नेता हरदिप सिंह निज्जारको हत्यामा भारतीय राज्य पक्ष संलग्न रहेको आरोप लगाएको छ । ती शिख नेतालाई ब्रिटिस कोलोम्बियामा गत जुन महिनामा गोली हानी हत्या गरिएको थियो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अनुशन्धानले विश्वसनीय आरोपको पुष्टि गरेको जनाएका छन् । क्यानडाका विदेश मन्त्री मेलानी जोलीले यदि यो सत्य साबित भए क्यानडाको सार्वभौमसत्ताको गम्भीर हनन् भएको र देशहरुबीच एक अर्कासँग गरिने व्यवहारको आधारभूत मूल्य मान्यतामा खलल पुर्‍याउने टिप्पणी गरेकी छन् । यसै विषयलाई लिएर भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको जोलीले जानकारी दिएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा क्यानडाको शिख समुदायबाट भइरहेको पृथक्तावादी गतिविधिप्रति चासो व्यक्त छन् । भारतीय परराष्ट्र मन्त्रालयले एक वक्तव्यमा शिख समुदायको खालिस्तान अभियानले भारतको पन्जाब राज्य अलग हुन प्रोत्साहन गरेको दाबी गरेको छ । निज्जारलाई भारतीय सरकारले केही वर्ष अगाडि आतंकवादी घोषणा गरेको थियो ।

    सम्बन्धित समाचार...