२९ भाद्र २०८२, आईतवार

जापानबाट स्वदेश फर्कन चाहने नेपालीले जुन ३० भित्र फर्म भरिसक्नुपर्ने (सुचना सहित)

japan

जापानमा रहेका तर नेपाल फर्किन चाहनेलाई जापानस्थित नेपाली दूतावासले यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै छुटेका नेपालीलाई नेपाल ल्याउन फाराम भर्ने समय सीमा तोकेको हो ।

जुन २० र २५ तारिख जापानबाट नेपाली स्वदेश फर्काइएको थियो भने त्यसबेला छुटेका नेपालीलाई स्वदेश फर्किन अवसर प्रदान गर्न फर्म खुलाइएको दूतावासले जनाएको छ ।

तोकिएको अवधिमा फर्म नभरे पछि अन्य माध्यमबाट चार्टर्ड उडानमा नेपाल आउन पाऊँ भनेमा नपाइने दूतावासको सूचनामा उल्लेख छ ।

लिन्कको लागी यहाँ क्लिक गर्नुहोस्

japanembassy nepalreturn