१५ चैत्र २०८०, बिहीबार

संक्रमितको सङ्ख्या ११,१६२ पुग्यो, हालसम्म २६ को निधन

corona 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस मिट अनुसार बिहिबार नेपालमा ४३४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य ३८६ पुरुष र ४८ जना महिला रहेका छन ।

त्यसैगरी थपिएका नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या ११,१६२ पुगेको छ । तीमध्ये महिला १०,०२० र पुरुष १,१४२ जना रहेका छन् ।

बिहिबार कोरोना संक्रमण निको भई ३१२ जना डिस्चार्ज भएका छन । निको हुनेमा १९ महिला र २९३ पुरुष रहेका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या २६५० जना पुगेको छ जसमा २१६ महिला र २४३४ पुरुष रहेका छन ।

त्यस्तै बितेको २४ घण्टामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत महालक्ष्मी ५ ललितपुर ठेगाना भएका अर्का एकजना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले नियमित मिडियाब्रिफिङ मार्फत जानकारी दिए ।

उनको ५ महिना अघि मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण भएको थियो । कोखो दुखेका कारण उपचारका लागि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना भएका थिए । आज बिहीवार बिहान ५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको मन्त्रायका प्रवक्ता गौतमले बताए । उनको अस्पतालको भ्यान्टिलेटरमा उपचार हुँदा हुँदै मृत्यु भएको हो ।

उनी कोरोना को कारण निधन हुने २६औ व्यक्ती हुन