२७ बैशाख २०८१, बिहीबार

अमेरिकन कम्युनिस्ट पार्टीले ‘साम्राज्यवादी’ भन्दै जलाए आफ्नै देशको झण्डा

Burning US flags communists

अमेरिकन कम्युनिस्ट क्रान्तिकारीहरूको समूहले सिकागोमा जेसन एल्डियन कन्सर्ट बाहिर धेरै अमेरिकी झण्डाहरू जलाएका छन् ।

फक्स न्युजका अनुसार कम्युनिस्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिस्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा आफ्नो राष्ट्रको झन्डा जलाएका हुन । उनीहरूले अमेरिकी शासकलाई ‘जनावरपेट’ समेत भनेका छन् ।

रेभकमका कार्यकर्ताहरूले अमेरिकी झण्डा जलाएपछि पुलिसले सो कार्यलाई ‘गैरकानुनी’ भनेको छ । उनीहरूको सभालाई गैर कानुनी घोषणा गर्दै यस्तो कार्य र उनीहरूको यस्तो खाले सक्रियताले धेरैलाई चिन्तित र विचलित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

‘क्रान्तिकारी कम्युनिस्ट पार्टीले विश्व क्रान्तिको प्रमुख अंश र साम्यवादको अन्तिम उद्देश्यका लागि साम्राज्यवादी अमेरिका विरुद्ध क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी लिएको छ’ सो पार्टीको वेबसाइटमा लेखिएको छ । सो समूहको घोषणापत्रले माओको ‘वैज्ञानिक विधि’ को प्रयोग र सांस्कृतिक क्रान्तिका केही पक्षहरूलाई विश्वास गरेको जनाउँदै चीनमा भएको माओकालिन सांस्कृतिक क्रान्तिको प्रशंसा गरेको छ ।

‘हामीले यो एउटा सानो सहरमा प्रदर्शन गर्‍यौँ,’ केहीले अमेरिकी झण्डा जलाएपछि रेभकम्सका कार्यकर्ताले भने।

प्रदर्शनकारीहरूले आलोचकहरूले हालै आएको एल्डियनको गीतलाई उल्लेख गर्दै भने, ‘अब तपाईँहरू पनि आ आफ्नो सहरमा यस्तो प्रयास गर्नुहोस् अनि धनी र गरिब बिचको ठुलो खाडल अन्त्य गर्न सहयोग गर्नुहोस् ।

    सम्बन्धित समाचार...