२३ बैशाख २०८१, आईतवार

त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आज देखी भन्सारका सबै काम ठप्प

tia customs office

सिनामंगलस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको काम आजबाट ठप्प हुने भएको छ । भन्सारमा कार्यरत कर्मचारीले सामूहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाईनभए पछि आजबाट भन्सारको काम ठप्प पार्न लागेका हुन ।​

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए मंगलबार कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

उनीहरुले आइतबार तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरू धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरूको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफ्नो माग दुई साता लागिसक्दा पनि सुनुवाई नभए पछि आइतवारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन ।

    सम्बन्धित समाचार...