२३ बैशाख २०८१, आईतवार

कालीकोटबाट अपहरणमा परेका आमा–छोरा नेपालगञ्जमा भेटिए

Gita
बेपता भएकी गीता र उनका छोरा ।

कालीकोटबाट बिहीबार बेपत्ता भएका आमा छोरा आइतबार परिवारको सम्पर्कमा आएका छन् । दैलेख भगवतीमाई गाउँपालिका–५, कट्टीघर भएर मान्मा बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी र छोरा ३ दिनपछि सम्पर्कमा आएका छन् ।

कालिकोटको मान्मा बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा–छोरा तीन दिनपछि आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । श्रीमानसँग अशं मुद्दा लडिरहेकी गीताकुमारी जैसी बिहीबार रातिदेखि चार वर्षीय छोरासहित बेपत्ता भएकी थिइन् । उनी नेपालगञ्जमा भएको जैसिकी दिदी नाता पर्ने पवित्रा जैसीको सम्पर्कमा आएकी थिइन् ।

गीताकुमारी र उनका छोरालाई बेहोस बनाउने औषधी खुवाएर अपहरणगरी नेपालगञ्जको जङ्गलमा लगेर छाडेको आफन्तहरुले आरोप लगाएका छन् । घटनाबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिहीबार राति ९ बजे मान्मा बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठामा गएका आमाछोरा राति नै बेपत्ता भएका थिए । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी –१ लुसा माइतीघर भएकी गीता र उनका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्मा नावगैरास्थित कोठाबाट बेपत्ता भएका थिए ।

    सम्बन्धित समाचार...