५ जेष्ठ २०८१, शनिबार

पेप्सीकोला दुर्घटना अपडेट : दुई जनाको निधन‚ १२ घाइते

aaa

काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा दुई जनाको निधन भएको छ। बोलेरो जिपसँगै मोटरसाइकल र स्कुटरलाई बसले ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान २५ वर्षीया उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका २१ वर्षीय राज भट्टराई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका उनीहरुको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो जिप आइतबार बिहान आपसमा ठोक्किएका थिए । बस र बोलेरो जिप ठोक्किँदा मोटरसाइकल र स्कुटर पनि दुर्घटनामा परेको प्रत्यक्षदर्शीको भनाइ छ ।

दुई गाडी आपसमा ठोक्किँदा वाग्मती प्रदेश ०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको थियो ।

बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

    सम्बन्धित समाचार...