२३ बैशाख २०८१, आईतवार

मर्स्याङदी नदीमा बस खस्दा चालक बेपत्ता, कर्णाली राजमार्गमा बोलेरो दुर्घटना हुदाँ दुई जनाको निधन

mar

लमजुङको मर्स्याङ्दी नदीमा बस खस्दा चालक बेपत्ता भएका छन् ।

बेसीसहर–चामे सडकखण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–७ मा पर्ने बालुवा पहिरो नजिकै गएराति करिब साढे १२ बजे घ १ ख ३७२ नम्बरको बस नदीमा खसेको हो ।

बस चालक चितवन घर भई हाल मर्स्याङ्दी गापा–७ मा बस्दै आएका ४२ वर्षीय खेम भुलेज बेपत्ता भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घटना राति भएपनि बिहानमात्र प्रहरी घट्नास्थलमा पुगेको थियो । बसमा अन्य दुई यात्रु रहे पनि उनीहरु भने दुर्घटना हुनुभन्दा पहिले नै झरेको बुझिएको छ ।

नदीमा खसेको बसको आधा भाग पानीमा डुबेको छ । बसलाई स्थानीय हाइड्रोपावरको क्रेनमार्फत निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घट्नाबारे थप विवरण आउन बाँकी छ ।

जुम्ला बाट मुगु तर्फ आउदै गरेको जीप दुर्घटना: दुई जनाको निधन

कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।

नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो । बिहान ६ बजेतिर मुगु तर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटना परी मुगुका दुई जनाको घटनास्थलमै निधन भएको जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमै चालक र सहचालक दुवैको निधन भएको छ भने मृतकको पहिचान भने नखुलेको जनाए ।

    सम्बन्धित समाचार...