४ जेष्ठ २०८१, शुक्रबार

एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको निधन, १४ जना घाइते

aaa

काठमाडौंको पेप्सीकोलामा एकैपटक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको निधन भएको छ ।

पेप्सीकोला–काँडाघारी सडकखण्डमा पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

अनियन्त्रित ठक्कर दिँदा एकजनाको निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएको जानकारी दिए । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित समाचार...