२२ बैशाख २०८१, शनिबार

नायिका निरुता सिंहले गरिन् बिहे

Niruta singh 1

नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका निरुता सिंह बैबाहिक जीवमा बाँधिएकी छिन् । निरुताले २ दिन अगाडि मुम्बइमा बिहे गरेकी हुन् । उनले, मुम्बई निवासी संजीभ गुलाटीसँग बैबाहिक जीवनमा बाँधिएको जानकारी आफ्ना फ्यानहरुलाई गराएकी छिन् ।

सामाजिक संजालमा तस्वीर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ आज दिएको बताएकी छिन् । निरुताले सामाजिक संजालमा लेखेकी छिन्–‘यतिका बर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुँदैन थियो । त्यो हो, निरुताजी बिहे कहिले गर्ने ? भन्ने प्रश्न । आज त्यसै प्रश्नको जबाब दिन गइरहेको छु । तपाइहरुको निरुता सिंहले अगष्ट ३१ तारिखको दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाठो जोडेको छ । हजुरहरु सम्पूर्णको माया अनि आर्शिवादको अपेक्षा गर्दछु ।’

निरुताले आफूले चाडै नै नेपालमा आर्शिवाद लिन आउने पनि उल्लेख गरेकी छिन् । निरुता सिंहले ५१ बर्षको उमेरमा बिहे गरेकी हुन् ।

Niruta Singh

    सम्बन्धित समाचार...