२२ बैशाख २०८१, शनिबार

विपिनको वरिपरी घुमेको ‘एक भगवत् गीता’को ट्रेलर

Bipin Karki Suhana Thapa Dhiraj Magar

फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ ।

ठूलो क्यानभासमा खिचिएको फिल्मको ट्रेलर आज पत्रकार सम्मेलनको आयोजना गरि आज सार्वजनिक गरिएको हो ।

झरना थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म सुनिलकुमार थापाले निर्माण गरेको हुन् । यो फिल्मले समाजमा रहेका तेश्रो लिङ्गीहरुको कथालाई जोडदार रुपमा उठाएको छ ।

फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जेभिन र जेविस पौडेल, कविर खड्का, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ । तर, फिल्मको ट्रेलर विपिन कार्कीकै वरिपरी घुमेको छ, जहाँ उनी ‘कमलामाई’को अवतारमा देखिएका छन् ।  विपिनको भूमिकालाई नै मुख्य केन्द्रमा राखेर यसको ट्रेलर तयार पारिएको छ । 

फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको छ । यस्तै, फिल्ममा परिच्छेद सेन, पुरुषोत्तम ढुंगेल, सरिन पोखरेलको संवाद लेखेका छन् ।

यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हर्कुलस बस्नेत, आशिष अविरल, बाबुल गिरी र प्रवेश मलिकको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने र दर्शकको साथ पाउनेमा निर्माणपक्ष ढुक्क छ ।

    सम्बन्धित समाचार...