२० बैशाख २०८१, बिहीबार

एम्बाप्पेको गोलमा पीएसजीको जित

psg

केलियन एम्बाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लन्सलाई हराएको छ । पार्क डेस प्रिन्सेस रंगशालामा शनिबार राति लन्सविरुद्ध पीएसजीले ३ – १ गोलअन्तरले जित दर्ता गरेको हो।

पहिलो हाफको अन्तिम मिनेटमा मार्के एसेन्सियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। जायर इम्रीको पासमा एसेन्सियोले गोल गरेपछि पहिलो हाफमा पीएसजी एक गोलले अघि रह्यो।

दोस्रो हाफमा एम्बाप्पेले दुई गोल गरेका हुन् । ५२ औं मिनेटमा एम्बाप्पेले लुकास हर्नान्डेजको पासलाई गोलमा परिणत गरेका थिए। त्यसैगरी निर्धारित समयको अन्तिम मिनेटमा एम्बाप्पेले अग्रतालाई ३–शून्यमा पुर्‍याएका थिए। तर, इन्ज्युरी समयमा लन्सले गोल फर्कायो। मोर्गन गिलाभोगीले गोल गरेर खेलको अग्रतालाई ३–१ मा पर्‍याए । त्यो खेलको अन्तिम नतिजा बन्यो।

गएरातिको जितपछि ५ अंक बनाएको पीएसजी अंक तालिकाको चौथो स्थानमा छ। लन्सले भने अहिलेसम्म कुनै खेलमा जित दर्ता गर्न सकेको छैन।

    सम्बन्धित समाचार...