१६ बैशाख २०८१, आईतवार

नयाँ सिजनको पहिलो खेलमा बायर्नको जित

bayern

जर्मन बुन्डेसलिगाअन्तर्गत सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जित दर्ता गरेको छ। लेरोय सानेको दोहोरो र ह्यारी केनको डेब्यु गोलमा बायर्नले वेड ब्रेमेनमाथि ४-० को फराकिलो जित दर्ता गरेको हो।

यो सिजन मात्र इंग्लिस क्लब टोटेनहमबाट जर्मन क्लब पुगेका ह्यारी केनले डेब्यु गोल गरेका छन्। तर उनीभन्दा अघि लेरोय सानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। केनकै पासमा सानेले चौथो मिनेटमा अग्रता बनाएका थिए।

यससँगै पहिलो हाफमा एक गोलले अघि रहेको बार्यनले दोस्रो हाफमा तीन गोल थप्यो। अल्फान्सो डेभिसले दिएको पासलाई सदुपयोग गर्दै केनले खेलको ७४ औँ मिनेटमा गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा भने बायर्नले दुई गोल गर्‍यो। थोमस मुलरको पासमा सानेले गोल गरे भने सोही मिनेटमा डेभिसको पासमा माथिज टेलले अग्रतालाई ४ – ० मा पुर्‍याए।

टेलले गोल गरेपछि बायर्नले फराकिले जित हात पार्न सफल भएको हो। पहिलो जितपछि बायर्नले तीन अंक बनाएको छ। वेड ब्रेमेन भने अंकविहीन छ।

बुन्डेसलिगामा आज होफेनहाइमले फ्रिबर्गको सामना गर्दैछ भने ग्लाडबाखले आउसबर्गको सामना गर्दैछ। त्यसैगरी लिभरकुसनले लाइप्जिकसँग खेल्दा डर्टमन्डले भने कोल्नको सामना गर्नेछ।

    सम्बन्धित समाचार...