२२ बैशाख २०८१, शनिबार

फ्राइडे रिलिज: दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा, प्रचार-प्रसार नहुदाँ व्यापार कस्तो होला ?

new

आज शुक्रकारबाट नेपाली बक्सअफिसमा दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा गणेशदेव पाण्डेले निर्देशन गरेको फिल्म ‘जुलेबी’ र मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’ रहेका छन् ।

फिल्म ‘जुलेबी’मा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । फोरक्युब इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अञ्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको ध्वनि संयोजन छ । फिल्मकी निर्मात्री आभा शर्मा हुन् ।

फिल्मका लेखक तथा निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेको यो फिल्म पात्रहरूलाई रत्नपार्क जोड्ने र यौन मनोविज्ञानमा केन्द्रित रहेको छ । फिल्मको कथा सात जना पात्रहरूको सम्बन्धको वरिपरि घुमेको छ । यो फिल्मले फिल्म निर्देशक पाण्डेले आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा रहेको बताएका छन् ।

चार महिला पात्रको कथा रहेको फिल्ममा विभिन्न जिल्लाबाट आएका पत्रहरूलाई माध्यम बनाएर पेश गरिएको छ । यसअघि सार्वजनिक भएको ट्रेलर हेर्दा यो फिल्मले यौन एकातिर जीवनमा साथी खोज्ने कुरालाई आफ्नो मुख्य विषय बस्तु बनाएको देख्न सकिन्छ ।

निर्देशक पाण्डेले यस अघि फिल्म गाँजा बाजा बनाउँदा दुई युवाहरूले गाँजाको खोजीमा हिँड्दा आइपर्ने विभिन्न घटनाहरूलाई रोचक ढंगले प्रस्तुत गरेका थिए । यस पटक त्यसतै खाले रोचक घटना जुलेबीले भन्छ भन्ने आश गर्न सकिन्छ । यो फिल्म मूलधारका फिल्म भन्दा अलिक फरक रहेको बुझ्न सकिन्छ । यसलाई एउटा तहका दर्शकहरुकालागि रुचिकर हुने देखिन्छ ।

त्यसो त यो फिल्मले माश अपिल गरिहाल्छ भन्ने स्थिति चाहिँ भन्न सक्ने अवस्था छैन । तर यो फिल्मले हाम्रो नेपाली समाजकै विषय उठाएको हुनाले एउटा तपकाका दर्शकलाई रामै आकर्षण गर्न सक्छ । फरक स्वाद खोजी रहने दर्शककालागि रोजाइमा पर्न सक्छ ।

एक थरी दर्शकहरूको पर्खाइ रहेको यस फिल्मले व्यापारका हिसाबले के गर्छ भन्ने कुरामा पर्सिका दिनबाट थाह हुनेछ । प्रचार प्रसारमा खासै आक्रामक नदेखिएकाले वर्डमाउथमा भर पर्नुपर्ने देखिन्छ ।

यसै गरी अर्को फिल्म रहेको छ ‘हिँड्दा हिँड्दै’ । यस फिल्ममा अभिनेताद्धय आकाश श्रेष्ठ र सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाहको मुख्य भूमिका रहेको छ । जसमा कलाकार भोलाराज सापकोटाले पनि साथ दिएका छन् ।

नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतिकर्ता रहेको फिल्मका निर्माता राज लामा हुन् । त्यस्तै प्रमोद कुमार तामाङ र महादेव शाह सह निर्माता छन् ।

यो फिल्म रेगुलर आइरहेका फिल्म जस्तै छ । यसमा प्रेम रोधनका दृश्यहरू रहेको छ । यसको सार्वजनिक ट्रेलरले मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ । यस फिल्मलाई देशका मुख्य मल्टिप्लेक्सहरुले अश्वइकार गरेको देखिन्छ । काठमाडौँको बानेश्वरमा रहेको वान सिनेमाज्ले मात्र नेपाली फिल्म हो भनेर माया गरेर शो दिए जस्तो देख्न सकिन्छ । वान सिनेमाज्ले बाहेक उपत्यकाका अन्य मल्टिप्लेक्सहरुले यो फिल्मलाई शो नै उपलब्ध गराएका छैनन् । उपत्यकाका बाहिर केही हलहरूले यो फिल्मलाई न्युनमात्रमा शो दिएका छन् ।

धेरै हलहरूले फिल्म माथि विश्वास नगरेको देखिएको यस्तो अवस्थाको यो फिल्मले बक्सअफिसमा भयकंर चल्ने र व्यापार गर्न सक्छ भनेर भनिहाल्ने अवस्था रहेको छैन । यसलाई पनि वर्डमाउथ आवश्यक पर्ने देखिन्छ तर अहिले सम्मको अवस्था हेर्दा फिल्मको यो भोलीकै दिन सम्म रहने र वर्डमाउथको अवस्था सिर्जना नउब्जने देखिन्छ ।

फिल्मको जुन किसिमको सार्वजनिक ट्रेलर र मेकिङ छ यसबाट दर्शकलाई खासै गएर हेरी फिल्म हालौँ भन्ने आकर्षण किसिमको छैन । त्यसो त यस फिल्मको प्रचार खासै नगरेको र रिलिज मात्रै गरिएको देखिन जाँदा यो फिल्म पनि लगभग बक्सअफिसमा असफल हुने तय जस्तै देखिन्छ ।

आजबाट तपाईँहरूलाई यी दुई फिल्म मध्य कुन फिल्म तपाईँहरूको रोजाइको र मन परेको छ भने आफ्नो इच्छा अनुरूप हेर्न सक्नु हुने छ । यसै गरी हलमा अघिल्लो हप्ताबाट रिलिज भएका हलिउड र बलिउडका फिल्महरू पनि छन् ।

    सम्बन्धित समाचार...