२७ बैशाख २०८१, बिहीबार

बढ्यो सार्वजनिक यातायातको भाडा, नयाँ भाडादर कति ? (सूचीसहित)

buses in nepal

पेटोलियम पर्दाथको मूल्य बढेसँगै अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश सवारी साधनको भाडा बढेको जानकारी दिएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ । यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।

काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७२५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६४८ थियो। काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ। यसअघि त्यस रुटको भाडादर २ हजार ५१० थियो।

काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ। यसअघि त्यस रूटमा २ हजार ८८० भाडादर थियो।

काठमाडौं–गुलरियाको समायोजित भाडादर १ हजार ६०८ रहेको छ। यसअघि त्यस रूटमा १ हजार ५३६ रूपैयाँ भाडादर थियो।

बढेको भाढा अनुसार कहाँ पुग्न कति लाग्छ भाडा हेर्नुहोस् भाडादर

    सम्बन्धित समाचार...