२२ बैशाख २०८१, शनिबार

‘गदर-२’ को सफलता पछि सन्नी देओलमा देखियो घमन्ड, फयानहरुले गरे आलोचना

Capture.JPG 972

सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ ।

फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा उनले फ्यानसँग राम्रो व्यवहार नगरेको देख्न सकिन्छ ।

यसबारे सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई निकाे नलागेकाे बताएका छन् । अहिले उनको एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्नो नजिक पुगेका फ्यानसँग अनौठो इशारा गरिरहेको देखिन्छ । जसको अहिले सन्नी देओलमा घमन्ड देखा परेको भन्दै आलोचना भएको छ ।

    सम्बन्धित समाचार...