१७ बैशाख २०८१, सोमबार

प्रशिक्षणमा फर्किए एमबाप्पे, कसरी मिल्यो विवाद ?

Kylian Mbappe

स्टार स्ट्राइकर किलियन एमबाप्पे पेरिस सेन्ट जर्मन (पीएसजी) को टीम प्रशिक्षणमा फर्किएका छन् । क्लबसँग वार्ता भएपछि एमबाप्पे प्रशिक्षणमा फर्कन तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसअघि पीएसजीले सिजनको पहिलो खेल शनिबार राति खेलेकामा एमबाप्पे दर्शकमै सीमित भएका थिए । एमबाप्पेले सम्झौता नवीकरण गर्न नमानेको भन्दै यसै सिजन अन्य क्लबमा जान पीएसजीले दबाब बढाइरहेको थियो । एमबाप्पे र पीएसजीबीच आगामी सिजन सम्झौता सकिँदै थियो ।

तर एमबाप्पेले सम्झौता नवीकरण नगर्ने निर्णय सुनाएपछि पीएसजी यसै सिजन उनलाई अन्य क्लबमा पठाएर आर्थिक लाभ लिने योजनामा देखिएको थियो। एमबाप्पे फ्रान्सको घरेलु लिग १ का पछिल्ला लगातार पाँच सिजनका सर्वाधिक गोलकर्ता हुन् ।

उनले यो प्रतियोगिताका पछिल्ला ५ मध्ये ४ सिजन सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पारेका छन् । बीबीसीले एमबाप्पेले पीएसजीसँगको सम्झाैता लम्ब्याउनसक्ने उल्लेख गरेको छ । पीएसजीले रचानात्मक र सकारात्मक छलफल भएपछि एमबाप्पे टोलीमा पुनर्वहाली भएको उल्लेख गरेको छ । यसबीचमा एमबाप्पेका लागि साउदी र इङ्ल्यान्डबाट अफरहरु आए पनि उनी तयार देखिएका थिएनन् ।

    सम्बन्धित समाचार...