१७ बैशाख २०८१, सोमबार

बार्यनसँग बदला लिदै लाइप्जिग पहिलोपल्ट जर्मन सुपर कपको च्याम्पियन

leipzig supercopa alemania 12082023

बायर्न म्युनिखमाथि सानदार जित निकाल्दै आरबी लाइप्जिगले पहिलोपल्ट जर्मन सुपर कपको उपाधि जितेको छ ।

डानी ओल्मोको ह्याट्रिकमा लाइप्जिगले बायर्नमाथि ३–० को सानदार जितसहित च्याम्पियन बनेको हो ।

खेलको तेस्रो मिनेटमा स्पेनिस विंगर ओल्मोले गोल गर्दै लाइप्जिगलाई १–० को अग्रता दिलाए । उनले बेन्जामिन हेनरिचको पासमा गोल गरेका हुन् । ४४औँ मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो गोल गरेपछि लाइप्जिग पहिलो हाफमा २–० ले अघि रह्यो ।

६८औँ मिनेटमा ओल्मोले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । पेनाल्टी बक्समा नोउसेइर माज्राओइले हातले बल छुन पुगेपछि लाइप्जिगले पेनाल्टीको अवसर पाएको थियो ।

बायर्नले ६३ औँ मिनेटमा इंग्लिस फरवार्ड ह्यारी केनलाई डेब्यु गराए पनि त्यसले खेलको नतिजामा कुनै असर गरेन । योसँगै जर्मन सुपर कपमा लाइप्जिग पहिलोपल्ट च्याम्पियन बनेको छ । गत संस्करणमा बायर्नले लाइप्जिगलाई ५–३ ले हराँदै उपाधि जितेको थियो ।

    सम्बन्धित समाचार...