१६ बैशाख २०८१, आईतवार

अल नासरमा रोनाल्डोले जिते पहिलो उपाधि

al nasar e1691894392607

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी क्लब अल नासरले पहिलो पटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ ।

साउदी अरेबियाको रियादस्थित किंग फहद स्टेडियममा गएराति सम्पन्न खेलमा अल नासरले साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकालेको हो ।

१० खेलाडीमा समेटिएको अल नासरलाई च्याम्पियन बनाउन कप्तान रोनाल्डोले दुई गोल गरे । अल हिलालका माइकलले गरेको एक मात्र गोल जितका लागि पर्याप्त हुन सकेन । ५१ औँ मिनेटमा माइकलले गोल गरेपछि अल हिललाले सुरुवाती अग्रता लिएको थियो । उनले माल्कोमको पासमा गोल गरेका थिए ।

७१औँ मिनेटमा अल नासर १० खेलाडीमा समेटिएको थियो । अब्दुल्लाह अल एम्रीलाई रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु पर्‍यो । ७४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काए । उनले सुल्तान अल घनामको पासमा गोल गरे । ७८औँ मिनेटमा अल नासरका नवाफ बोउसेललाई पनि पिच बाहिरै रातो कार्ड देखाइयो । त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलियो । ९८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पुनरागमन जितसहित उपाधि दिलाए ।

खेलको १ सय १५ औँ मिनेटमा रोनाल्डो चोट बोक्दै मैदान बाहिरिए । अरब क्लब च्याम्पियन्स कपमा ६ खेलमा ६ गोल गरेका ३८ वर्षीय रोनाल्डो मध्यपूर्व एसिया आएपछि पहिलो उपाधि जितेका छन् । Ronaldo 1691890192Ronaldo1 1691890217

    सम्बन्धित समाचार...