१७ बैशाख २०८१, सोमबार

रोनाल्डोको गोलमा अल नासर फाइनलमा

ronaldo

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको एकमात्र गोलको मद्दतमा साउदी अरेबियन क्लब अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

रोनाल्डो नेतृत्वको अल नासरले सेमिफाइनलमा इराकी च्याम्पियन अल-शोर्टा एससीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । कप्तान रोनाल्डो अरब आएपछि उनको टोली पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको हो ।

साउदी अरेबियाको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा ३८ वर्षीय रोनाल्डोले ७५ औँ मिनेटको पेनाल्टी किकलाई सफलतापूर्वक गोलमा परिणत गरे । भीएआरमा सादियो मानेलाई फैसल जसिम नाफिल अल मानाले फल गरेको देखिएपछि नासरले पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो हाफमा रोनाल्डोले गरेको प्रहारले जाली चुमे पनि उनी क्लोज अफसाइड ट्रयापमा परेपछि गोलले मान्यता पाउन सकेन । अल नासरले अब शनिबार हुने फाइनलमा साउदी प्रतिद्वन्द्वी अल-हिलालसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित समाचार...