२२ बैशाख २०८१, शनिबार

महाकालीको जलसतहले सतर्कता तह पार गर्‍यो, पुलमा चार पांग्रे सवारी आवागमनमा रोक

mahakali

महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

महाकाली नदीको बहाव प्रतिसेकेन्ड १ लाख ३१ हजार क्युसेक पुगेसँगै शारदा ब्यारेज (वनबासा पुल) मा चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द गरिएको छ ।

डडेल्धुरास्थित पारिगाउँ जलमापन केन्द्रमा महाकाली नदीको जलसतहले सतर्कता तह (५.८० मिटर) पारे गरेको छ । आज बिहान गरिएको मापनअनुसार नदीको बहाव ५.८२ मिटर पुगेको छ । सात मिटरभन्दा माथि पानीको सतह मापन भएमा खतरा मानिन्छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै महाकालीको बहाव बढ्दो क्रममा रहेकाले डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसो ३ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै आज नारायणी र बबईको तराईको क्षेत्रमा जलसतह केही घटबढ भएपनि सतर्कता तह आसपासनै हुने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

आज, भोलि र पर्सी कोशी, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्‍चिम राप्ती र यसका सहायक नदीमा जलसतह सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...