२२ बैशाख २०८१, शनिबार

संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईको मृत्यु

जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटाकुट हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका विनोद तोलांगीको आज मृत्यु भएको हो ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण लगतै उनीहरुलाई कारागारमा भित्र राखिएको केहीबेरमा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...