२७ बैशाख २०८१, बिहीबार

देशैभरी बर्षा, बाढी पहिरोले देशका बिभन्न सडक अबरूद्द

road
फाइल फोटो

भारी बर्षाका कारण देशैभरी पहिरो र डुबान भएको छ ।

काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन ।

सोमवार राती परेको अबिरल बर्षाका कारण काठमाडौंको सामाखुसीलगायतका क्षेत्र डुबानमा परेका छन् भने अन्य क्षेत्रमा पनि उतिकै प्रभाव परेको छ । मौसम बिज्ञान बिभागले दिउँसो १२ बजेसम्म अवस्था अझै भयाबह नै हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उता, पहिरोको कारण मुग्लिङ नारायणगढ खण्ड अबरूद्द हुन पुगेको छ भने सिदार्थ राजमार्ग, मदन भण्डारी राजमार्गका बिभिन्न सडक खण्डमा पहिरो झरेका कारण सडक यातायात सञ्चालन अबरूद्द हुन पुगेको छ ।

देशभर भारी वर्षाको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

नेपालमा अहिले मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेका कारण आज देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयबाट क्षति हुनसक्ने मशाखाले बताएको छ ।आज जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने जनाएको छ ।

    सम्बन्धित समाचार...